बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

काठमाडौं, ८ मंसिर। बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

यस्तै, बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताभ बच्चन, आमिर खानलगायत अन्तिमसंस्कारका लागि धर्मेन्द्रको निवासमा पुगेका छन्। यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्ससहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *