नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा
काठमाडौँ, १३ मङ्सिर । नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा पुगेको छ । नेपालले सेमफाइनलमामलेसियालाई सजिलै नौ विकेटले हराएको हो ।
संयुक्त अरब इमिरेट्स (युएइ) को अजमानस्थित सेभेन डिस्ट्रिक क्रिकेट मैदान २ मा पहिले ब्याटिङ गरेको मलेसिया १७ ओभरमै मात्र ५१ रनमा अलआउट भएको थियो । नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा ५५ रन बनाएर लक्ष्य हासिल गर्यो । नेपालले सोमबार घरेलु टिम संयुक्त अरब इमिरेट्स (युएइ)ले सँग उपाधि भिडन्त गर्नेछ ।
नेपालको पालिमा वंश क्षेत्रीले २३ र निश्चल क्षेत्री १५ रनमा अविजित रहनुभयो । यसैगरी मलेसियाको पालिमा प्रारम्भिक बलरद्वय नितेशकुमार पटेलले चार र चन्दन रामले तीन विकेट लिए । मलेसियाका लागि दशौँ क्रमका ब्याट्सम्यान हाम्जा पान्गीले सर्वाधिक १३ रन बनाए ।
यस नतिजासँगै नेपाल एसिसी यु १९ एसिया कपमा चयन भएको छ । प्रिमियर कपमा शीर्ष तीन स्थानमा रहने टिम एसिया कपमा खेल्न योग्य हुने प्रावधान रहेको छ । प्रतियोगितामा नेपाल अपराजित रहेको छ ।