एट्लेटिकोविरुद्ध बार्सिलोनाको पुनरागमन जित

म्याड्रिड, मङ्सिर १७ गते । स्पेनी लिगमा मङगलबार राति बार्सिलोनाले मङगलबार एट्लेटिको म्याड्रिडलाई ३–१ ले हराएको छ । बार्सिलानाको यो लगातार पाँचौँ जित हो । बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई चार अङकले पछाडि पारेको छ ।

एलेक्स बायेनाले खेलको १९ औँ मिनटमा गरेको गोलबाट एट्लेटिको म्याड्रिडले अग्रता बनाएको थियो । पूर्वार्धमै राफिनाले बराबरी गोल गरे । त्यसपछि डानी ओल्मोले दोस्रो र फेरान टोरेजले इन्जुरी समयमा अन्तिम गोल गरे । खेलको ३६ औँ बमिनेटमा बार्सिलोनाका स्ट्राइकर रोवर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न असफल भएका थिए ।