प्रिमियर लिगमा हालान्ड छिटो एक सय गोल गर्ने खेलाडी
लन्डन, १७ मङ्सिर । म्यान्चेस्टर सिटीका फरवार्ड इर्लिङ हालान्ड इङगलिस प्रिमियर लिगमा सबभन्दा तेज एक सय गोल गर्ने खेलाडी बनेका छन् ।
उनको किर्तिमान एक सयौँ गोलको सहयोगमा म्यान्चेस्टर सिटीले मङगलबार राति प्रिमियर लिगमा फुल्हमलाई रोमाञ्चक खेलमा ५–४ ले हरायो । खेलको १७ औँ मिनेटमा हालान्डले पहिलो गोल गरे । सो गोल प्रिमियर लिगमा उनको एक सयौँ गोल भएको छ । हालान्डले १११ खेलमै एक सय गोल गरेका हुन् ।
एपी