स्ट्याग ग्लोबल मास्टर्स टिम च्यालेन्जमा नेपालले खेल्ने

काठमाडौँ, १८ मङ्सिर । नेपालले अस्ट्रेलियाको पर्थमा हुने स्ट्याग ग्लोबल मास्टर्स टिम च्यालेन्जमा सहभागिता जनाउने भएको छ ।

सो टेबलटेनिस प्रतियोगतामा भाग लिन नेपालका आठ खेलाडी तथा प्रशिक्षक मढ्गलबार अस्ट्रेलिया प्रथान गरेको छ । सो प्रतियोगिता शनिबार र आइतबार हुनेछ । प्रतियोगितामा बकि महर्जन, बिक्रम श्रेष्ठ, महेश शाक्य, नविता श्रेष्ठ, निम जोशी, निराज जोशी, राजन शाक्य र स्वेच्छा नेम्वाङले नेपालको प्रतिनिधत्व गर्नेछन् । प्रशिक्षकमा राकेश महर्जन रहेका छन् ।

अल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले सो टिमलाई शुभकामनासहित विदाइ गरेका थि । उनले खेलाडीहरुबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्राप्त सफलताले देशको प्रतिष्ठा थप उचो हुनेछ, भननुभयो ।