एनपिएल: जनकपुर बोल्ट्सले टस जितेर ब्याटिङ रोज्यो
काठमाडौं, १९ मङ्सिर । टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
लुम्बिनी लायन्सले हालसम्म ६ खेलबाट ६ अङ्क जोडेको छ। यदि लुम्बिनीले यो खेल जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्रतियोगिताबाट बाहिरिनेछन्। जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र प्राप्त गरेको छ।