आज सुन प्रतितोला २ लाख ५३ हजार रुपैयाँ पुग्यो, मूल्यवृद्धि निरन्तर
काठमाडौँ, २५ मङ्सिर । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ। बुधबारको तुलनामा आज बिहीबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारीअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार १०० कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य पनि सोही अनुपातमा वृद्धि भएको छ। एक तोला चाँदीको मोल आज रु तीन हजार ८०५ निर्धारण भएको छ।
बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार १०० रहेको थियो भने चाँदी रु तीन हजार ७५० मा कारोबार भएको थियो। यसअनुसार, आज सुनको मूल्यमा प्रतितोला एक हजार रुपैयाँ र चाँदीको मूल्यमा प्रतितोला ५५ रुपैयाँ वृद्धि भएको छ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ। अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा परेको महासंघले जनाएको छ।
सुनचाँदीको मूल्यमा भइरहेको यो निरन्तर वृद्धिका कारण बजारमा उपभोक्ताहरूको चहलपहलमा केही कमी आएको व्यवसायीहरूले बताएका छन्। लगानीका लागि भने सुनलाई अझै पनि सुरक्षित मानिएको छ।