नवौँ टीआइए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता
अन्तर्राष्ट्रिय तेक्वान्दोमा इलिस्का व्यञ्जनकारलाई स्वर्ण पदक
काठमाडौँ, पुस ७ । भारतको कोलकातामा जारी ‘नवौँ टीआइए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’मा नेपाली खेलाडी इलिस्का व्यञ्जनकारले स्वर्ण पदक प्राप्त प्राप्त गर्नुभएको छ ।
च्यासल तेक्वान्दो डोजाङकी खेलाडी इलिस्काले ११ वर्ष मुनिको महिला एकल पुम्से विधामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्नुभएको हो । प्रशिक्षक रामचन्द्र व्यञ्जनकारका अनुसार इलिसकाले आफ्नो उमेर समूहमा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै पदक सुरक्षित गर्नुभएको हो ।
विगत केही दिनदेखि कोलकातामा सञ्चालन भइरहेको उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता भोलि (पुस ८ गते) सम्पन्न हुने कार्यक्रम रहेको छ ।