नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबलको सेमिफाइनलमा पुलिस

काठमाडौँ, पुस १५ गते । एपीएफ क्लबलाई हराउँदै साविक विजेता नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न खेलमा पुलिसले एपिएफलाई ३–२ ले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो । पुलिससँग हारेपनि एपिएफ अन्तिम चारमा पुगेको छ । पुसिलले एपीएफलाई २५–२१, २५–१५,२२–२५, २१–२५ र १५–९ ले हराायो ।

अर्को खेलमा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले २५–२१, २५—१५, २५–१४ ले पराजित गरयो ।

पुरुषतर्फ खिलजी युवा क्लबले ढोरपाटन स्पोर्टस क्लबलाई २५–१५,२५–१९,२५–२३ ले हराएर समूह ‘बी’ बाट दोस्रो भएर क्वाटरफाइनलमा स्थान बनायो ।

दुबै खेल जितेको नेपाल पुलिस क्लब यसअघि नै समूह विजेताका रुपमा नकआउट चरणमा पुगिसकेको छ । खिलजीले त्रिभुवन आर्मी क्लबसँग क्वाटरफाइनलमा खेल्नेछ । त्यसअघि एपिएफ क्लबको पुरुष टोली नवौं एनभिए भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा पुगेको थियो ।

मणीमकुन्द भलिबल क्लबलाई २५–१०,२५–१६,२९–२७ ले हराउँदै एपिएफले अन्तिम आठको यात्रा तय गरेको छ । एपिएफ समूह उप विजेताका रुपमा नकआउट चरणमा पुगेको हो । दुबै खेल जित्दै टिप टप हेल्प नेपाल स्पोर्टस क्लब यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ ।