नेपालभाषाको हिट चलचित्र ‘तिबः द सपोर्ट’ युट्युबमा
काठमाडौँ, पुस १६ गते । नेपालभाषाको सफल चलचित्र ‘तिबः द सपोर्ट’ नयाँ वर्ष सन् २०२६ जनवरी १ तारिख दिउँसो २ बजेको दिन युट्युबमा रिलिज हुने भएको छ ।
चलचित्रकी निर्मातामध्ये एक समिता रञ्जित श्रेष्ठले हलसम्म पुग्न नसकेका वृद्धवृद्धाहरुले पनि यो चलचित्र हेर्न पाओस् भन्ने उद्देश्यसहित युट्युबमा राखिने बताएकी छन् । यो चलचित्रमा नयाँ पुस्ताको विदेश मोहका कारण ज्येष्ठ नागरिकहरुको जीवनमा परेको प्रभावका विषय केन्द्रीत रहेको छ । निर्मात्री समिताले यसमा अङग्रेजीमा सबटाइटल पनि हुने भएकोले नेपाल भाषा नबुझ्नेले पनि चलचित्रको मज्जा लिन सक्ने बताउनुभएको छ ।
सो चलचित्र निर्माता तथा गायक सर्जु रञ्जितको युट्युब च्यानलबाट रिलिज गरिनेछ । रवि साय्मिले निर्देशन गर्नुभएको चलचित्रमा सुशील राजोपाध्याय, आशाकाजी थकु, संघरत्न शाक्य, सरस्वती मानन्धर, मैंया मुनिकार, सुनीता श्रेष्ठ, मनोज महर्जन, श्रृष्टि महर्जन, पुष्करभक्त माथेमा लगायत कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रमा छायाँकन तथा सम्पादन अमर चित्रकार, पाश्र्व संगीत तथा संगीत भूपेन्द्र बज्राचार्यको रहेको छ ।