गत विजेता हेल्प नेपाल सेमिफाइनलमा

काठमाडौँ, पुस १७ गते । हेल्प नेपाल क्लब र नेपाल पुलिस क्लब नवौँ एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत पुरुष वर्गको सेमिफाइनलमा पुगेका छन् ।

राखेपको कभर्डहलमा भइरहेको प्रतियोगितामा बिहिबार हेल्प नेपालले पहिलो क्वाटरफाइनलमा बुढानिलकण्ठ भलिबल क्लबलाई २५–१३, २५–२३, २५–१८ ले पराजित गर्यो । यसैगरी नेपाल पुलिस क्लबले बिहिबारै दोस्रो क्वाटरफाइनलमा कोशी प्रदेश भलिबल संघलाई २५–१९, २५–१७, २५–१८ ले सजिलै हरायो ।