साफ फुटसलमा नेपाल र भारतको नाटकीय बराबरी

काठमाडौँ, माघ ४ गते । साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपाल आइतबार भारतसँग ३–३ ले बराबरीमा रोकिएको छ ।

थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा अन्तिम सकेन्डमा गोल वेहोरेपछि नेपाल जितबाट वञ्चित भयो । भारतले तीन पटक पछाडि परेर पनि नेपालबाट अङ्क खासेको हो ।

खेलको पाँचौं मिनेटमा पिभोट विक्रान्त नरसिंह राणाको गोलबाट नेपाल अगाडि भएको थियो । एक मिनेटपछि नै भारतका लालरिन्ज्वालाले बराबरी गोल गरे । उत्तरार्धमा अमितले गोललाईइ भारतका अनमोल अधिकारीले रद्द गरे । अन्तिम मिनेटमा विजयी श्रेष्ठले गोल गरेपछि नेपालले तेस्रो पटक अग्रता बनयो । तर निखिल मालीको गोलबाट भारतले तेस्रो पटक पनि गोल फर्काएर खेललाई नाटकीय रुपमा बराबरीमा टुङ्ग्यायो ।