सङकटा, एपीएफ र जावलाखेललाई सफलता
काठमाडौँ, माघ ४ गते । एन्फा राष्ट्रिय लिग फुटबलमा आइतबार संकटा क्लब, एपीएफ र जावलाखेल युथ क्लबले जित हात पारेका छन् ।
च्यासलको खेल मैदानमा संकटाले सुर्खेतको काँक्रेविहार युथ क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । कटाका लागि अनिष महर्जन, कृष्णबहादुर आले, विशाल तामाङ र गिल्बर्ट बिल्गोले गोल गरे । पहिलो खेलमा संकटाले सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरीमा खेलेको थियो ।
च्यासलको मैदानमा भएको अर्को खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई १–० ले हरायो । खेलको २५ औँ मिनेटमा खेमराज श्रेष्ठले गरेको गोल निर्णायक बनेको थियो ।
यसैगरी सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा जावलाखेल युथ क्लबले टोखाको श्री भगवती क्लबलाई ४–० ले पराजित गर्यो । सो खेलमा ह्यामिल्टन र धर्मेन्द्रले दुई–दुई गोल गरे ।