अभ्यास खेलमा श्रीलङ्का एसँग नेपालको हार
काठमाडौँ, माघ ८ गते । आईसीसी टी–२० विश्वकपको तयारीअनुरुप बिहिबार श्रीलङ्का एसँग भएको दोस्रो अभ्यास खेलमा नेपाल ७३ रनले पराजित भएको छ । पहिलो खेलमा पनि श्रीलङ्काले ए ले नेपाललाई हराएको थियो ।
श्रीलङ्काको कोल्ट्स मैदानमा पहिले ब्याटिङ गरेको घरेलु टिमले पाँच विकेटको क्षतिमा २२२ रनको विशाल स्कोर तयार पार्नुभएको थियो । नेपालले जवाफमा नौ विकेटको क्षतिमा १४९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि करण केसीले सर्वाधिक अविजित ४१ रन बनाए । श्रीलंका ‘ए’ का लागि नुवान थुसाराले तीन विकेट लिए । यसअघि श्रीलङ्काका लाग लाहिरु उडाराले ९३ रन, लासिथ क्रसपूलले ५३ रन र सहान अराकिगे अविजित ५५ रन बनाएर नेपालको बलिङ आक्रमणलई धरायशाी बनाए ।
कुशल भुर्तेलले भने चार ओभरमा १३ रन खर्ची दुई विकेट लिए ।