मनाङ मस्र्याङ्दीको तेस्रो हार
काठमाडौँ, माघ ९ गते । एन्फा राष्ट्रिय लिगमा शुक्रबार सातदोबाटो युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले पराजित गरेको छ ।
दशरथ रङगशलामा भएको खेलमा सातदोबाटोको लािग विदेशी खेलाडी फोडे फोफानाले ६१ औँ मिनेटमा गोल गरे । सातदोबाटोको तीन खेलबाट चार अङ्क भएको छ । मनाङ मस्र्याङ्दीले भने लगातार तेस्रो खेलमा हार वेहोरेको हो ।
शुक्रबार भएको अर्को खेलमा श्री भगवती क्लबले नवजनजागृति युथ क्लबलाई ५–१ ले हरायो ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा श्री भगवतीका शिशिर लेखी, अजयी मार्टिन्स, सुवास बम र सेमान्त थापाले गोल गरे । नव जनजागृतिका लागि विक्रम थोकरले सान्त्वना गोल गरे ।