वडा कप खुल्ला फिडे रापिड चेसमा तीन खेलाडी शीर्ष स्थानमा
काठमाडौँ, माघ ९ गते । प्रथम केएमसी वडा कप खुल्ला फिडे रापिड चेस प्रतयोगितामा शुक्रबार प्रकाश चन्द्र नेपाल, भारतका किसन कुमार र आसिस फुयालले संयुक्त अग्रता बनाएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नं. २९ को आयोजित प्रतियोगिताको पाँच चरण सकिँदा प्रकास, किसन र आसिसले पाँचै खेल जितेर पाँच अङ्क बनाएका छन् ।
झापाका १९७३ रेटेड राजन सुवेदीले मकवानपुरका २११७ रेटेड एफएम क्षितिज भण्डारीसँग बराबरमा खेलेर ४.५ अङ्क बनाए । उहाँसँगै बाँकेका १९२८ रेटेड एआईएम अभिक शाह, बनेपाका १९९६ रेटेड शैलेन्द्र न्यौपाने, ललितपुरका २०२१ रेटेड सुरज महर्जन, १९११ रेटेड राजनपुरी र भारतका १७७७ रेटेड शशी प्रकाश संयुक्तरुपमा दोस्रो स्थानमा हुनुहुन्छ । यसैगरी २३ जना खेलाडी समान चार अङ्क बनाएर उपाधि होडमा रहेका छन् ।
प्रतियोगितापूर्व काठमाडौं २९ वडा सदस्य सन्तोष ढुंगेलको सभापतित्वमा प्रमुख अतिथि २९ नम्बर वडाका अध्यक्ष कुश ढकालले खेलाडीहरुलाई शुभकामना दिए ।
वडा अध्यक्ष कुश ढकालले दुई दिन सञ्चालन हुने चेस प्रतिस्पर्धामा जम्मा ३३ जना खेलाडीलाई हाल सम्म कै सर्वाधिक नगद पुरस्कार ३ लाख २८ हजार प्रदान गर्ने जानकारी दिएका छन् । संयोजक सन्तोष ढुंगेलका अनुसार विजेता खेलाडीले ३५ हजार, उपपवजेताले ३० हजार, तेस्रो हुनेले २५ हजार र चौथो हुने खेलाडीले २० हजार रुपियाँ प्राप्त गर्नेछन् ।
यस्तै पाँचौं स्थान देखि सातौं स्थान सम्म आउने खेलाडीले जनही १७ हजार, आठौँदेखि दशौं हुने खेलाडी जनही १५ हजार, एघारौंदेखि पन्ध्रौं सम्मकाले जनही ७ सात हजार पुरस्कार हात पार्नेछन् ।