एपीएफ अपराजित यात्रामा, एनआरटीको तेस्रो जित
काठमाडौँ, माघ ११ गते । एन्फा राष्ट्रिय लिगमा आइतबार एपिएफ क्लब र न्युरोड टिम (एनआरटी)ले सफलता हासिल गरेका छन् । एपीएफले संकटा क्लबलाई २–१ ले पराजित गरि अपराजित यात्रा कायम राख्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आइतबार एपिएफका प्रदीप लामा र युवराज खत्रीले गोल गरे । खेलको २९ औँ मिनेटमा प्रदीपले गोल गदै एपिएफलाई अग्रता दिलाएको थियो । खेलको ५१ औँ मिनेटमा युवराजको गोल थपे । निर्धारित समय सकिन नौ मिनेट बाँकी रहदाँ संकटाको गणेश हमालले सान्त्वना गोल गरे ।
आइतबार अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले फ्रेन्ड्स क्लबलाई १–० लाई पराजित गर्यो । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा एनआरटीका आशिष गुरुङले ६७औं मिनेटमा निर्णायक गोल गरे । एनआरटीको यो लगातार तेस्रो जित हो ।