आहारारा पोखरा गोल्डकपको पुरस्कार राशिमा वृद्धि

काठमाडौँ, १८ माघ । पोखराको प्रतिष्ठित आहारारा पोखरा गोल्डकपको पुरस्कार राशि वृद्धि भएको छ । आयोजक सहारा क्लबले २५ औँ आहारारा पोखरा गोल्ड कपको पुरस्कार राशि वृद्धि गरिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

२५ औँ संस्करणको आहाररा गोल्ड कपमा विजेता बन्ने टिमले नगद पुरस्कार १४ लाख १ हजार तथ उपविजेताले ७ लाख एक हजार रुपियाँ पुरस्कार पाउनेछ ।

अघिल्लो वर्षको २४ औँ आहारारा गोल्डकको विजेतालाई १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपियाँ प्रदान गरिएको थियो । माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, मनाङ मस्र्याङदी क्लब, प्लानिङ ब्बाइज युनाइटेड, थनडरवोल्ड नर्थ युनाइटेड सिक्किम भारत, गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङ, आभा फुटबल क्लब उज्वेकिस्तान, चर्चा क्बाइज युनाइटेड, एपिएफ क्बल, जाउलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, सहारा क्लब र भारतको एक टिम सहभागी हुने पौडेलले बताउनुभयो ।

आहारारा पोखरा गोल्ड कप रजत वर्ष २५ औँ मा प्रवेश गरेको अवसरमा पहिलो पटक पोखरामा फल्डलाइट जडान गरी साँझमा पनि खेल खेलाउने तयारी पनि गरिएको छ ।

गत संस्करणमा उज्बेकिस्तानको ब्ल्याक बुल्सले उपाध जितेको थियो । न