सुन प्रतितोला ३७०० र चाँदी १३५ रुपैयाँले बढ्यो

काठमाडौँ, २० माघ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ पुगेको छ । यो सोमबारको तुलनामा ३ हजार ७ सय रुपैयाँको वृद्धि हो ।

यस्तै, चाँदी पनि १ सय ३५ रुपैयाँले महँगिएर प्रतितोला ५ हजार ३३५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि यसको असर देखिएको हो ।