जावलाखेल विजयी, एनआरटी र एपीएफ बराबर
काठमाडौँ, माघ २० गते । एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले मङगलबार नव जनजागृति युवा क्लबलाई ४–० ले हराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा हरिशराज भट्ट, विदेशी खेलाडी सिस्सोखो, धर्मेन्द्र कुँवर, युवराज ढकालले गोल गरे । सिस्सोखोले पेनाल्टीमा गोल गरेका हुन् ।
मंगलबार भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) र एपिएफले अङ्क बाडेको छ । सातदोबाटोस्थित एन्फा खेल मैदानमा भएको गोलरहित बराबरी खेलेका छन् ।