साफ यु—१९ महिला फुटबलमा नेपाल बहिरियो

काठमाडौँ, २१ माघ । बङगलादेशसँग बुधबार ४–० ले हारेपछि घरेलु टिम नेपाल साफ यु—१९ महिला फुटबल प्रतियोगिताबाट विदा भएको छ । पोखरा रङ्गशालामा बुधबार नै भारतले पनि भुटानलाई ८–० ले हरायो । अबफाइनल ङ्गालादेश र भारतबिच शनिबार हुनेछ ।

नेपालविरुद्ध को खेलमा बङ्गालादेशका खेलाडी अल्पी अक्तरले ह्याट्रिक पूरा गरिन् । प्रतिमा मुन्डाले पनि एक गोल गरिन्।

यसैगरी भारतका लागि पाअरलले ह्याट्रिकको गौरव हासिल गरिन् । यसैगरी प्रितिका बरामनले दुई तथा अलिसा ल्योङ्गहोड, अभिस्ता बस्नेत र दिभयानी लिन्डाले एक÷एक गोल गरे ।