पाकिस्तानद्वारा भारतसँग नखेल्ने निर्णय फिर्ता
इस्लामाबाद, २७ माघ । विश्वकप टि२० क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतसँग खेल्ने भएको छ ।
अब यी दुई टिमबिच खेल तालिकाअनुसार आगामी आइतबार खल हुने भएको छ । यसअघि बङगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा हुने आप्mनो खेल श्रीलङ्कामा गर्न गरिएको अनुरोधलाई आइससीले नकारेपछि पाकिस्तानले त्यसको विरोधमा भारतसँगको खेल बहिष्कार गरेको थियो । त्यसपछि करीब एकहप्ताको छलफलपछि पाकिस्तान खेल्न राजी भएको हो । बंगलादेशले भने भारतमा नखेल्ने माग अस्वीकृत भएपछि विश्वकप नै नखेल्ने निर्णय गरेको थियो ।
आइसीसीले सोमबार टि२० विश्वकप बहिष्कार गरेको बङगलादेशलाई कारवाही नगर्ने बताइसकेको छ ।