सुनको मूल्य सामान्य घट्याे, चाँदी भने तोलामा ५० रुपैयाँले बढ्यो

काठमाडौँ, २८ माघ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्दा चाँदी भने ५० रुपैयाँले महँगिएको हो ।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ तोकेको छ । बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा भने बढोत्तरी देखिएको छ । बुधबार प्रतितोला ५ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३४० रुपैयाँ कायम भएको छ ।