आइसिसी विश्वकप टि२० क्रिकेटमा पहिलो ठुलो उलटफेर, जिम्बाब्वेसँग अस्ट्रेलियाक स्तब्ध

कोलम्बो (श्रीलङ्का) फागुन १ गते । आइसिसी विश्वकप टि२० क्रिकेट प्रतियोगिता २०२६ मा अहिलेसम्मकै स्तब्धकारी नतिजा निकाल्ने क्रममा शुक्रबार जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हराएको छ ।

टि२० विश्वकपमा जिम्बाब्वेले अस्ट्रेलियालाई स्तब्ध पारेको यो दोस्रो पटक हो । यसअघि सन् २००७ मा पनि जिम्बाब्वेले अस्ट्रेलियालाई पाँच विकेटले हराएर सनसनी मच्चाएको थियो ।

प्रारम्भिक ब्याट्सम्यान ब्रायन बेनेटले ५६ बलमा अविजित ६४ रन बनाएपछि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले दुई विकेटको क्षतिमा १६९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि मार्कस स्टोनिस र क्यामरुन ग्रीनले विकेट लिनुभयो ।

अस्ट्रेलिया लक्ष्य पछ्याउने क्रममा १९.३ ओभरमा मात्र १४६ रनमा अलआउट भयो । अस्ट्रेलियको पालिमा पहिलो पटक विश्वकप खेल्दै गरेको म्यान रेन्सले ४४ बलमा सर्वाधिक ६५ रन बनाउनुभयो । ब्लेसिङ मुजरबानीले १७ रनमा चार र ब्राड इभान्सले २३ रनमा तीन विकेट लिएपछि अस्ट्रेलियाको पालि कमजोर बन्यो

समूह ‘बी’ मा जिम्बाब्वेको यो लगातार दोस्रो जित हो भने अष्ट्रेलियाको यो पहिलो हार हो । यस समूहमा सहआयोजक श्रीलङ्का पनि रहेको छ । श्रीलङ्का सुरुका दुवै खेल जितेर शीर्ष स्थानमा रहेको छ ।