आज पनि घट्याे सुनको मूल्य, चाँदीको भाउ भने बढ्यो : यस्तो छ आजको बजार
काठमाडौँ, ५ फागुन । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ओरालो लागेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो ।
महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि हिजो सोमबार सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ४ हजार ८ सय ८५ रुपैयाँ पुगेको छ ।
साताको पहिलो दिन आइतबार बजार खुल्दा सुन र चाँदीको मूल्य उच्च विन्दुमा पुगेको थियो । आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ र चाँदी ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । त्यसयता बजारमा सामान्य गिरावट देखिन थालेको छ ।
विश्व बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव कायमै छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ९ सय ७० अमेरिकी डलर र चाँदी प्रतिऔँस ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।