एसिया कप महिला राइजिङ स्टार्समा नेपाल जितविहिन

काठमाडौँ, ५ फागुन । नेपाल मङगलबार एसिया कप महिला राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । थाइल्यान्ड बैंककस्थित टडथाइ क्रिकेट मैदामा नेपाल मङगलबार भारतको ए टिमसँग सात विकेटले पराजित भएको हो । नेपालको यो तेस्रो हार हो । यस नतिजासँगै भारत ए सेमिफाइनलमा पुगेको छ । यस समूह एबाट पाकिस्तान ए पनि सेमिफाइनलमा पुग्यो । पाकिसतानले ए ले मङगलबार नै युएयलाई हराएको थियो ।

थाइल्यान्ड बैंककस्थित टडथाइ क्रिकेट मैदामा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपाल १८ औँ ओभरमा ७८ रनमा अलआउट भएको थियो । सम्झना खड्काले १६ बलमा चार चौकासहित २२, विन्दु रावलले ११, कप्तान पुजाले १०, विकेटकिपर पुजा पोदारले १२, कविता जोशीले अविजित १२ रन बनाए ।सीता राना मगर (०), कविता कुँवर (१), रोमा थापा (१), रुविना क्षेत्री (१), अनु कडायत (०) र मनिषा उपाध्याय (०) चाँडै आउट भए ।

भारतकी तनुजा कन्वरले सर्वाधिक चार, मिनु मानीले तीन तथा कप्तान राधा यादवले दुई विकेट लिए ।

प्रारम्भिक बटर वृन्दा दिनेशले १६ बलमै ३९ रन बनाएपछि भारतले ७.५ ओभरमै तीन विकेटको क्षतिमा ८२ रन बनाएर लक्ष्य हािसल गर्यो । नेपालका लागि मनिषा, अनु र सीताले विकेट लिए ।