एपीएफ राष्ट्रिय लिगको शीर्ष स्थानमा
काठमाडौं, फागुन १० गते । सशस्त्र प्रहरीको एपीएफ क्लबले आइतबार बाराको नव जनजागृति युव क्लबलाई ४–१ ले हराएर राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ३० औँ मिनेटमा निश्चल थापाको गोलबाट एपीएफ पछाडि परेको थियो तर पूर्वार्ध सकिन दुई मिनेट बाँकी छँदा एपीएफका कप्तान हरि कार्की, मध्यान्तरपछिको पहिलो मिनेटमै युवराज थापाक, खेलको ५६औँ मिनेटमा समिराज थोकर र ५९औँ मिनेटमा अनिश घर्ती क्षेत्रीले गोल गरेपछ एपीएफले सहजै खेल जित्यो । सो खेलमा एपीएफका समिराज प्लेअर अफ दि म्याच घोषित भए ।
एपीएफले छ खेलमा १६ अङ्क बनाएको छ । नव जन जागृतिको यो यो लगातार छैटौं हार हो । सबै खेल हारेको नवजागृति अहिलेसम्म अङ्कवहिन छ ।