झापा–५ मा ओलीको शक्ति प्रर्दशन, रास्वपा र बालेनलाई झड्का (१३ तस्बिर)

काठमाडौं, ११ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा शक्ति प्रर्दशन गर्नुभएको छ ।

आज गृह जिल्ला झापाको क्षेत्र नम्बर–५ मा ‘नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा सभा–२०८२’को अवसरमा उहाँले शक्ति प्रर्दशन गर्नु भएको हो ।

फागुन २१ गते निर्वाचनको नजिक आइरहेका बेला ओलीले आज आफ्नो जन्मदिनको समेत अवसर पारेर झापामा विशाल सभाको आयोजना गर्नुभएको हो । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले शक्ति प्रर्दशनमार्फत आफ्नो शक्ति देखाउने प्रयास गरिरहेका बेला ओलीको यो प्रर्दशनले झापाको क्षेत्र नम्बर–५ मा ओली शक्तिशाली नै रहेको सन्देश दिएको छ ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर झापा पुग्नु भएका बालेन साहले आफ्नो विजय निश्चित भनिरहेका बेला ओलीले यो शक्ति प्रर्दशनले रास्वपालाई झड्का लागेको छ । तस्बिरमा हेर्नुहोस एमालेको शक्ति प्रर्दशन ।