सुनको मूल्य तोलामा १३ सयले बढ्यो, चाँदी भने सामान्य सस्तियो

काठमाडौँ, १२ फागुन । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले उकालो लागेको हो भने चाँदी १० रुपैयाँले सस्तिएको हो ।

महासङ्घले तोकेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने आज ओरालो लागेको छ । सोमबार प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेर ५ हजार ५८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

स्थानीय बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको कारोबारमा उतारचढाव देखिएको छ ।