निर्वाचनमा खटिने सुरक्षाकर्मी घाइते भए सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने
काठमाडौँ, १३ फागुन । आगामी निर्वाचनको सुरक्षामा खटिने क्रममा कुनै पनि सुरक्षाकर्मी घाइते भएमा उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त जानकारी दिएका हुन्।
गृहमन्त्री अर्यालका अनुसार निर्वाचनका बेला सुरक्षामा खटिएका नेपाल प्रहरी तथा म्यादी (निर्वाचन) प्रहरी घाइते भएमा उनीहरूको निःशुल्क उपचार गर्ने निर्णय सरकारले गरेको हो।
यस्तै, निर्वाचन सुरक्षाका क्रममा ड्युटीमै रहेका बेला कुनै सुरक्षाकर्मीको मृत्यु हुन गएमा मृतकका आश्रित परिवारलाई सरकारले विशेष आर्थिक सहायता (क्षतिपूर्ति) उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।