सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढ्याे, चाँदीको घट्यो

काठमाडौँ, १९ फागुन । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा २ हजार ५०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला २०५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन (सोमबार) नेपाली बजारमा सुन प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने सस्तिएको छ। सोमबार प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको सेतो धातु (चाँदी) को मूल्य आज घटेर ५ हजार ८१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

नेपाली बजारमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा निर्धारण हुने गर्दछ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार २७८ अमेरिकी डलर र चाँदी प्रतिऔँस ९५ डलरमा कारोबार भइरहेको छ।