एन्फा महिला लिग सङकटा र आर्मीको विजयी सुरुआत

काठमाडौँ, चैत ४ गते । सहिद स्मारक एन्फा महिला लिगको उद्घाटन दिन बुधबार सङकटा एफसीले न्युरोड टिम (एनआरटी)लाई ४–० र त्रिभुवन आर्मी क्लबले झापा फुटबल क्लबलाई ५–० ले हराएका छन् ।

च्यासलस्थित एन्फाको मैदानमा सङकटाका लागि तीन जना विदेशी खेलाडी विन थेइङ्गी टुन, लुसिया मोकाम्बी र क्विनाबेल अमानक्रहले गोल गरे । सङकटाका लागि घरेलु खेलाडी सुक्रिया मियाँले पनि गोल गरिन् । सो खेलमा लुसिया खेलपछि ‘प्लेअर अफ दि म्याच’ चुनिएकी थिइन् ।

दोस्रो खेलमा आर्मीका लागि अन्जना थुलुङ राईले दुई तथा दिपा शाही, हिमा चौधरी र तुलसा बोहराले एक–एक गोल गरे । आर्मी क्लबले पाँचै गोल मध्यान्तरपछि गरेको हो । सो खेलमा आर्मीकी मिडफिल्डर दिपा प्लेअर अफ दि म्याच चुनिनुभयो ।