नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर : सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार
काठमाडौं, २२ चैत । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ । गत शुक्रबारदेखि कायम रहेको मूल्य नै आइतबारका लागि पनि तोकिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको बिहीबार र शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि कुनै परिवर्तन आएको छैन । महासङ्घका अनुसार, शुक्रबार प्रतितोला चार हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमै किनबेच भइरहेको छ ।
यता, अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस चार हजार छ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।