नेप्से परिसूचकमा सामान्य ओरालो , पौने ८ अर्बको कारोबार

काठमाडौँ, ९ वैशाख । शेयर बजारमार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक २.९५ अङ्कले ओरालो लागेर २८०४.१७ बिन्दुमा कायम भएको छ।

आइतबार ३४२ वटा कम्पनीका १ करोड ७५ लाख ८८ हजार ८ सय ५४ कित्ता सेयर १ लाख २१ हजार ४ सय ३३ पटक खरिदबिक्री भएका छन्। जसबाट कुल ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३ सय ४२ रुपैयाँ बराबरको आर्थिक कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा बैंकिङ ०.१३, वित्त ०.५८, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५ र निर्जीवन बिमा समूहको उपसूचक ०.३८ प्रतिशतले बढेको छ। यीबाहेक अन्य सबै समूहका उपसूचक ओरालो लागेका छन्।

नेप्सेका अनुसार विकास बैंक ०.२७, होटल तथा पर्यटन २.३६, जलविद्युत् ०.०६, जीवन बिमा ०.२५, लघुवित्त ०.१५, म्युचुअल फन्ड ०.४०, व्यापार १.१० र अन्य समूहको उपसूचक ०.०३ प्रतिशतले घटेको छ।