चितवनमा औलोको जोखिम: बाह्य क्षेत्रबाट आएका व्यक्तिमा बढी सङ्क्रमण

काठमाडौँ, वैशाख १२ । विश्व औलो दिवसका अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार चितवन जिल्लामा औलोको सङ्क्रमण केही बढेको देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा परीक्षण गरिएका दुई हजार ८५६ जनामध्ये १२ जनामा औलो पुष्टि भएको छ । गत आर्थिक वर्षमा आठ हजार ४०५ जनाको परीक्षण गर्दा ११ जनामा मात्र सङ्क्रमण देखिएको थियो ।

आयातित सङ्क्रमण मुख्य चुनौती
जिल्लामा देखिएका सङ्क्रमितहरू प्रायः वैदेशिक रोजगारीका लागि भारत तथा शान्ति मिसनका लागि अफ्रिकी मुलुक पुगेर फर्किएका व्यक्तिहरू रहेका छन् । स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार चितवनमा हालसम्म स्थानीयस्तरमा औलो सरेको पाइएको छैन, तर सीमा आवागमन र श्रम प्रवासका कारण जोखिम भने उच्च रहेको छ । सरकारले सन् २०२६ सम्ममा नेपालमा स्थानीय औलो सङ्क्रमणलाई शून्यमा पुर्‍याउने लक्ष्य राखेको छ ।

लक्षण तथा बच्ने उपाय
एनोफिलिज जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने यो रोगमा अत्यधिक टाउको दुख्ने र कामज्वरो आउने, जोर्नीहरू दुख्ने र शरीर सिथिल हुने, वान्ता हुने, पेट दुख्ने र रगतको कमी हुने लक्षण देखिन्छन् । गई परीक्षण गराउने ।

समयमै उपचार नभएमा औलोले ज्यान समेत लिन सक्ने भएकाले स्वास्थ्यकर्मीहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।