सुनको मूल्यमा गिरावट: प्रतितोला ३ हजारले घट्याे
काठमाडौं, १५ वैशाख । नेपाली बजारमा मङ्गलबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो।
महासंघले तय गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। त्यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ६० रुपैयाँ तोकिएको छ।
यसअघि सोमबार सुनको मूल्यले ऐतिहासिक उचाइ कायम गर्दै प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।