सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने उकालो लाग्यो

काठमाडौँ, २१ वैशाख । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले ओरालो लागेको हो।

महासङ्घले तय गरेको बजार मूल्यअनुसार, आज सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार पनि सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको थियो।

सुनको मूल्य ओरालो लागे पनि आज चाँदीको मूल्य भने बढेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो।