एमालेको सचिवालय बैठक सकियो, भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय

काठमाडौं, ४ जेठ । नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको आजको बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।

उपमहासचिव लेखराज भट्टले जानकारी दिएको जानकारी अनुसार अर्को बैठक जेठ ८ गते ओली निवास गुण्डुमै बस्ने छ । बैठकमा पदाधिकारीहरुको वरियता क्रम निर्धारण, सरकारको कामको समीक्षा, सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजन, संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचनको समीक्षा प्रतिवेदन तयारी कार्यदल, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठनलगायतको विषय रहेको पनि भट्टले जानकारी दिनुभयो ।