गैँडाकोटको भङ्गभङ्गे तालमा डुबेर एक बालिकाको मृत्यु
काठमाडौँ, जेठ ४ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–४ स्थित जयश्री खोलामा रहेको भङ्गभङ्गे तालमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गैँडाकोट-१ नवदुर्गा टोल निवासी मनिषा थापाकी ११ वर्षीया छोरी सजिना थापा रहेकी छिन् । आज दिउँसो तालमा पौडी खेल्ने क्रममा उनी अचानक डुबेर बेपत्ता भएकी थिइन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी नायब निरीक्षक नवीन कटुवालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बालिकालाई पानीको दहमा मृत अवस्थामा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल पण्डितका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।