सुनको मूल्यमा सामान्य वृद्धि: तोलामा ५०० ले बढ्यो, यस्तो छ आजको मूल्य

काठमाडौँ, ५ जेठ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदी तोलामा ४५ रुपैयाँले बढेर ५ हजार ८५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासङ्घले नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ। पछिल्ला केही दिनदेखि सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *