विश्वकप लिग–२: शीर्ष स्थानका लागि अमेरिका र स्कटल्यान्ड भिड्दै

काठमाडौँ, ६ जेठ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज कीर्तिपुरमा जारी त्रिकोणात्मक शृङ्खलाको महत्वपूर्ण खेलमा स्कटल्यान्ड र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्।

यो खेललाई अङ्क तालिकाको शीर्ष स्थानको लडाइँका रूपमा हेरिएको छ। हाल स्कटल्यान्ड ३८ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ भने अमेरिका ३६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। आजको खेल जितेमा अमेरिका स्कटल्यान्डलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिनेछ भने स्कटल्यान्ड विजयी भएमा आफ्नो अग्रतालाई थप मजबुत बनाउनेछ।

स्कटल्यान्ड: रिची बेरिङ्टन (कप्तान), जर्ज मुन्से, माइकल इंग्लिस, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, म्याथ्यु क्रस (विकेटकिपर), माइकल लिस्क, मार्क वाट, सफयान शरीफ, ओलिभर डेभिड्सन र ज्याक जार्भिस।
अमेरिका: सैतेजा मुक्कामल्ला (कप्तान), शेहान जयसूर्या, हरमित बधन, रुशिल उगारकर, सञ्जय कृष्णमूर्ति, शायन जहाँगिर, मिलिन्द कुमार, सौरभ नेत्रावलकर, शुभम रञ्जने, स्मित पटेल (विकेटकिपर) र नोस्तुश केन्जिगे।

कीर्तिपुरको मैदानमा जारी यस शृङ्खलामा दुवै टोलीले सन्तुलित प्रदर्शन गरिरहेका छन्। घरेलु टोली नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित यो शृङ्खला विश्वकप छनोटका लागि निकै निर्णायक मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *