सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो, चाँदी भने सामान्य बढ्यो

काठमाडौँ, १३ जेठ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो। यद्यपि, सुन सस्तिए पनि चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन (मङ्गलबार) सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य ओरालो लागे पनि आज चाँदी (सेतो धातु) को मूल्य भने तोलामा २० रुपैयाँले उकालो लागेको छ। महासङ्घका अनुसार मङ्गलबार प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ५ हजार ८० रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *