विश्वकप २०२६ का लागि अर्जेन्टिनाको टोली घोषणा

काठमाडौँ, १५ जेठ । विश्वकप २०२६ का लागि अर्जेन्टिनाले आफ्नाे टोली घोषणा गरेकाे छ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले सन् २०२६ को विश्वकपमा पनि टोलीको कमान्ड सम्हाल्ने भएका छन्। प्रशिक्षक लियोनल स्कालोनीले बिहीबार सार्वजनिक गरेको २६ सदस्यीय टोलीमा ३८ वर्षीय मेसीलाई कप्तानीको जिम्मेवारी दिइएको हो।

योसँगै मेसीले पुरुष फुटबलको इतिहासमा छैटौँ पटक विश्वकप खेल्ने दुर्लभ कीर्तिमान बनाउने भएका छन्। यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मात्र ६ वटा विश्वकप खेल्ने अवसर पाएका छन्। हालसम्म २६ विश्वकप खेल खेलिसकेका मेसी यस प्रतियोगितामा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी समेत हुन्।

विश्वकपका लागि घोषित टोलीमा सन् २०२२ को कतार विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका मुख्य खेलाडीहरूलाई समेटिएको छ।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने २०२६ को विश्वकपमा अर्जेन्टिना समूह ‘जे’ मा रहेको छ। अर्जेन्टिनाले जुन १७ मा अल्जेरियाविरुद्ध क्यान्सस सिटीमा खेल्दै आफ्नो यात्रा सुरु गर्नेछ। त्यसपछि उसले डलासमा अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

यस्ताे छ अर्जेन्टिनाको पूर्ण टोली:
गोलकिपर: एमिलियानो मार्टिनेज, हुआन मुस्सो, जेरोनिमो रुल्ली।
डिफेन्डर: निकोलास ओटामेन्डी, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलास टालियाफिको, गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, लियोनार्दो बालेर्दी, फाकुन्डो मेडिना।
मिडफिल्डर: रोड्रिगो डी पाउल, लिएन्द्रो परेडेस, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, जियोभानी लो सेल्सो, एसेकिएल पालासियोस, भालेन्टिन बार्को।
फरवार्ड: लियोनल मेसी (कप्तान), लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलास गोन्जालेज, थियागो आल्मादा, जुलियानो सिमियोने, निको पास, होसे मानुएल लोपेज

Leave a Reply

Your email address will not be published. Required fields are marked *