सुनको मूल्यमा एकैदिन ५ हजार ६ सय रुपैयाँको वृद्धि, चाँदीको भाउ घट्यो

काठमाडौँ, १५ जेठ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। बिहीबार तोलामा ५ हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ शुक्रबार पुनः ५ हजार ६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम थियो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने तोलामा १७५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।