नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गरिने
काठमाडौँ, १५ जेठ । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा रहेको आफ्नो स्वामित्वको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आगामी पुस मसान्तभित्र दूरसञ्चारको सेयर विनिवेश गरिने जानकारी दिनुभयो।
बजेट भाषणका क्रममा अर्थमन्त्री डा. वाग्लेले नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत सेयर यथावत् राखी बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिने बताउनुभयो। यो प्रक्रिया आगामी पुस मसान्तभित्र सम्पन्न गरिने सरकारको लक्ष्य रहेको छ।