सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो, चाँदी १० रुपैयाँले बढ्यो
काठमाडौँ, १८ जेठ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य अङ्कले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा रु. २०० ले घटेको हो।
महासङ्घले निर्धारण गरेको नयाँ दररेट अनुसार आज सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु. ३ लाख १० हजार ९०० तोकिएको छ। आइतबार सुन प्रतितोला रु. ३ लाख ११ हजार १०० मा कारोबार भएको थियो। सरकारले नयाँ बजेटमार्फत सुनको भन्सार महसुल दरमा १० प्रतिशत वृद्धि गरेपछि आइतबार सुनको मूल्यमा एकैदिन ऐतिहासिक रूपमा तोलामा रु. २० हजार ५०० को उच्च वृद्धि भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा भने आज तोलामा रु. १० को सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला रु. ५ हजार ३४५ मा कारोबार भएको चाँदीको भाउ आज सोमबारका लागि भने रु. ५ हजार ३५५ निर्धारण गरिएको महासङ्घले जनाएको छ।