सुनकाे मूल्य एकैदिन तोलामा १० हजारले घट्यो, चाँदी पनि सस्तियाे

काठमाडौँ, २७ जेठ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। अघिल्लो दिन (मङ्गलबार) तोलामा दुई हजार रुपैयाँले बढेको सुनको मूल्य यसदिन भने प्रतितोला १० हजार १०० रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नयाँ मूल्यसूची तय भएसँगै बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मङ्गलबार प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार १७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *