रास्वपाको मञ्चमा उँभिएर प्रदीप ज्ञवालीले दिएको सन्देशः देश बनाउने हुटहुटी छ भनेर ब्रेक र एक्सिलेटेरको सन्तुलन नविगार्नु होला
काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महधिवेशनमा अहिले पनि चितवनमा जारी छ । उक्त महाधिवेशनको उद्घाटन शत्रमा रास्वपाले विभिन्न राजनीतिक दललाई निम्ता गरेको थियो । उक्त महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापादेखि नेकपा (एमाले)का प्रदीप ज्ञवालीसम्म अनि पूर्वप्रधानमन्त्री बाबुराम भट्राईदेखि राजेन्द्र लिङ्देशनसम्मको उपस्थिति रहेको थियो । पछिल्लो समय सबै भन्दा बढी प्रहार नेकपा (एमाले) र अझ त्यसमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथिको प्रहारलाई रास्वपाका नेता कार्यकर्ताहरुले आफ्नो सन्तुष्टि ठान्ने गरेका छन् ।
सयद त्यसैले पनि होला रास्वपा कार्यक्रममा ज्ञवाली अतिथिका रुपमा चितवन पुग्नु भएको थियो । तर, केही कार्यकर्ताहरुले भने उहाँलाई अथितिको व्यवहार गरे । यद्यपि, ज्ञवालीले सम्वोधन गर्दा प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र साह र रास्वपा पार्टी सभापति रवि लामिछानेले भने ताली बजाउनु भएको थियो । ज्ञवालीले वरिष्ठ नेतामा साह र पार्टी सभापतिमा लामिछाने नै हुने निश्चित भएको भन्ने समाचारहरु आइरहेका छन् भन्दै लामिछानेबारे बोल्दा बालेन र बालेनबारे बोल्दा लामिछानेले ताली बजाउनु भएको थियो ।
ज्ञवालीले सम्वोधनकै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले जनमतलाई सही ढंगले सदुपयोग गर्न सक्नु पर्ने भन्दै त्यसो भएन भने भयावह जोखिम निम्त्याउने उल्लेख गर्नुभयो । उहाँले रवि र बालेनको प्रशंसकका रुपमा रहेको समूहलाई वैचारिक रुपमा प्रष्ट संगठित शक्तिका रुपमा रुपान्तरित गर्न समेत शुभकामना दिनुभयो । ‘तपाईंहरुको काँधमा असिम जनमत छ। त्यो ठिक ढंगले सदुपयोग भएन भने त्यसले निमत्याउने जोखिम भयावह हुन्छ भन्ने हेक्का राख्नु हुनेछ भन्ने चाहन्छुु, ज्ञवालीले भन्नुभयो,’ ‘राष्ट्रिय स्वतन्त्र पार्टीले असाधारण जनादेश सहित उपस्थित हुनुभएको छ। यो जनादेश सृद्ढ लोकतन्त्र निर्माणका लागि कसरी रुपान्तरण हुन्छ, सिङ्गो देशले प्रतिक्षा गरिरहेको छ।’
उहाँले केही समयअघि रास्वपा सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनालले छिमेकी दुवै देश भ्रमण गरेको उल्लेख गर्दै भूराजनीतिक संवेदनशिलतामा सतर्क रहन आग्रह समेत गर्नुभयो । त्यसो त केही हप्ता अघि मात्रै प्रधानमन्त्री साहले संसदको रोष्टममा उँभिएर दिएको संवोधनप्रति पनि लक्षित गर्दै उहाँले ‘एउटा गलत निर्णयले भूराजनीतिक दबाब नेपाल जस्तो देशले थेग्न निकै गाह्रो हुन्छ भन्दै सचेत रहन पनि आग्रह गर्नुभयो । सालीन स्वाभावका ज्ञवालीले सरकारले १०० पूरा गरेको छैन भन्दै आलोचना गर्न मन नभएको पनि उल्लेख गर्नुभयो ।
यद्यपि, प्रारम्भिक केही निर्णय र गतिविधिले प्रश्न खडा गरेको भन्दै त्यसको बारेमा केही उल्लेख गर्नुभयो । ‘ती प्रश्नको जवाफ मलाइ चाहिँदैन। नेपाली जनतालाई दिनुहोस्ु, ज्ञवालीले भन्नुभयो, ‘लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्था हो। राष्ट्रपति संस्था कमजोर भयो, संसद कमजोर भयो भने जनताका आलोचनालाई बेवास्ता गर्ने व्यवस्थातिर गइयो भने त्यो जनमत नरहन सक्छ।’
ुउहाँले ंरास्वपाको हातमा जनताले लोकतन्त्र सुरक्षित होस् भन्न चाहेको सन्दर्भ उल्लेख गर्दै उहाँले काम गर्न तीव्र हुटहुटी देखिएको भन्दै एउटा सन्दर्भ जोड्नुभयो । ‘गाडीमा एक्सिलेटेरसँगै ब्रेक राखिएको हुन्छ। ब्रेक र एक्सिलेटेरको सन्तुलन भएन भने एक्सिलेटरमात्र थिच्दा दुर्घटना हुन सक्छ।’ उहाँले भनेको त्यो भनाईले धेरै चर्चा पाएको छ , तर, प्रधानमन्त्री साहले भने सम्वोधन गर्ने क्रममा उहाँको भनाईको खण्डन गर्नुभयो ।