चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त

काठमाडौँ, २३ असार । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन्द्र शाहले प्रा.डा. खत्रीलाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेका हुन्।

नवनियुक्त उपाध्यक्ष प्रा.डा. खत्रीलाई आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच शिक्षा तथा खेलकुदमन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र हस्तान्तरण गरे।

यसअघि, सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायतका पदाधिकारीहरू पदमुक्त भएका थिए। सोपश्चात् आयोगको उपाध्यक्ष पद रिक्त रहेको थियो।

उपाध्यक्ष पद रिक्त भएपछि अर्को व्यवस्था नभएसम्मका लागि आयोगका पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो। नयाँ नियुक्तिको निर्णयसँगै प्रा.डा. खत्रीले अब आयोगको पूर्ण नेतृत्व सम्हाल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *