संसदमा ऐन महरः निरंकुशतन्त्र तानाशाही तन्त्र ठिक छ भन्ने स्थापना गर्न खोज्नु भएको हो ?

काठमाडौं, ३१ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले तानाशाही ठिक थियो भन्ने भाष्य स्थापना गर्न खोजिएको हो भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले प्रतिनिधिभसाको बुधबारको बैठकलाई सम्वोधन गर्दै बितेको ३५ वर्षमा केही पनि भएन भनेर सत्तारुढ दलका सांसदहरूले भाष्य निर्माण गर्न खोजेको आरोप पनि लगाउनुभयो । ‘म सत्तारुढ दलका सांसदहरूलाई भन्न चाहन्छु– ०४६ सालपछि केही पनि भएन भन्ने भाष्य स्थापना खोज्नु भएको छ । निरंकुशतन्त्र तानाशाही तन्त्र ठिक छ भन्ने स्थापना गर्न खोज्नु भएको हो ? हामी कानुनी राज्यको पक्षमा छैनौं भन्न खोज्नु भएको हो ?,’ उहाँले भन्नुभयो ।